काठमाडौं । सोल्टी होटल लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । होटलले आफ्ना सेयरधनीहरूलाई २६.८४२१०५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
होटलको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र २६.८४२१०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश पारित गर्न होटलले पुस ४ गते ५०औं वार्षिक साधराणसभा पनि बोलाएको छ । सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विहानको ११ बजेबाट शुरू हुनेछ ।
सभा प्रयोजनार्थ होटलले मंसिर १३ गतेदेखि बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । यसका आधारमा मंसिर १२ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्