Skip to content
Prabhu

६३ प्रतिशतले बढ्यो सर्पाेट लघुवित्तको नाफा

nabil

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार नाफामा उल्लेख्य सुधार देखिएको हो ।

सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लघुवित्तले ६३.०८ प्रतिशतले खुद नाफा बढाएको छ । असोज मसान्तसम्म आइपुग्दा कम्पनीले २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १५ लाख ९८ हजार रुपैयाँ मात्र थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि १ करोड ४४ लाख रुपैयाँबाट बढेर १ करोड ९४ लाख रुपैयाँ पुगेको छ । सञ्चालन मुनाफा २५ लाख रुपैयाँबाट बढेर २९ लाख रुपैयाँ पुगेको छ । यस वर्ष कम्पनीको कुल सञ्चालन आम्दानी १० करोड ८७ लाख रुपैयाँभन्दा बढी छ । जुन गत वर्ष २ करोड २२ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको खराब कर्जा १.६७ प्रतिशतबाट घटेर १.६४ प्रतिशतमा झरेको छ ।
१० करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको रिजर्भ एण्ड सरप्लसमा ५ करोड ६० लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी ९.६९ रुपैयाँ रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १५२.०५ रुपैयाँ छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal