Skip to content
Prabhu

समृद्धि फाइनान्सको साधारणसभा मंसिर ६ गतेका लागि आह्वान

nabil

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले मंसिर ६ गतेका लागि साधारणसभा बोलाएको छ । फाइनान्सले आफ्नो २३ औँ वार्षिक साधारणसभा मंसिर ६ गते बिहीबारका लागि बोलाएको हो ।

कम्पनीको सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैठकले सभा हेटौंडास्थित होटेल एभोकाडो ‘अर्किड रिसोर्ट’मा बिहानको १० बजे बस्ने निर्णय गरेको हो । सभाले अन्य उपयुक्त कम्पनीसँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहितका अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal