काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबारको कारोबार खुलेको पहिलो ४० मिनेटमा नै यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यो समाचार तयारपार्दासम्म कम्पनीको सेयर मूल्य १६१ रुपैयाँ ७० पैसाले बढेर १ हजार ७७८ रुपैयाँ ८० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । यो अवस्थामा समग्र बजार परिसूचक पनि ५ दशमलव १७ अंकले बढेर २६९७ दशमलव २३ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ९७ करोड माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्