Skip to content
Prabhu

आज नेप्से १४ अंकले घट्यो, कारोबार रकम, ५ अर्ब ९५ करोड

nabil

काठमाडौं । तिहार अघिको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन उच्च अंकले बढेको सेयर बजार आज १४ अंकले बढेको हो ।

आजको कारोबार बन्द हुँदा परिसूचक १४ दशमलव ४३ अंकले घटेर २६७७ दशमलव ६२ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ०.५३ प्रतिशतले कम हो । आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ४६ अंकले घटेर ४७८ दशमलव ८२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ३ वटाको सेयर मूल्य बढेको छ भने बाँकीको घटेको छ ।

आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १६४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ७५ कम्पनीको सेयर मूल्य बढ्दा ५ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आज परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावाट आएको छ । अघिल्लो दिन ६ अर्ब भन्दा बढीको कारोबार भएको बजारमा आज ५ अर्ब ९५ करोड बढीको मात्रै कारोबार भएको छ । आज सेयर बजारमा ३०५ कम्पनीका १ करोड २० लाख ६९ हजार ८७८ कित्ता सेयर ५९ हजार ६९८ पटक खरिद बिक्री हुँदा ५ अर्ब ९५ करोड ३९ लाख ५० हजार ७८७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सेयर बजार दोहोरो अंकले घट्दा पनि ४ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

 

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal