Skip to content
Prabhu

सेयर बजार घट्दा पनि सकारात्मक सर्किट लाग्ने यी हुन ४ कम्पनी

nabil

काठमाडौं । सेयर बजार दोहोरो अंकले घटेर बन्द हुँदा ७५ कम्पनीको सेयर मूल्य बढ्यो । सेयर मूल्य बढ्ने कम्पनीमध्ये चार कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

यो साताको कारोबार बन्द हुँदा गुराँश लघुवित्त, मिड सोलु हाइड्रोपावर, अपर स्यांङ्गे हाइड्रो र कुथेली बुखारी साना जलविद्युतको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आज गुराँश लघुवित्त र मिड सोलुको सेयर मूल्य १० प्रतिशतले बढेको छ । गुराँस लघुवित्तको सेयर मूल्य १६१ रुपैयाँ ७० पैसाले बढेर १ हजार ७७८ रुपैयाँ ८० पैसा पुगेको छ । त्यस्तै मिड सोलुको सेयर मूल्य ९६ रुपैयाँ ५० पैसाले बढेर १ हजार ६१ रुपैयाँ ५० पैसा पुगेको छ ।

त्यस्तै आज अपर स्याङ्गेको सेयर मूल्य पनि ७९ रुपैयाँ २० पैसाले बढेर ८७२ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । कुथेली बुखारी साना जलविद्युतको सेयर मूल्य पनि ९.९८ प्रतिशत अर्थात २५८ रुपैयाँ ५० पैसाले बढेर २ हजार ८४९ रुपैयाँ पुगेको छ ।

आज धेरै बढ्ने शीर्ष पाँच कम्पनी भित्र परेको अर्को कम्पनी हो सानिमा जिआईसी इन्स्योरेन्स । यो कम्पनीको सेयर मूल्य पनि अघिल्लो दिनको भन्दा प्रतिकित्ता ७० रुपैयाँ ४० पैसाले बढेर ७७९ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९२ प्रतिशतले धेरै हो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal