Skip to content
Prabhu

सेयरमा धेरै मूल्य घट्ने यी हुन शीर्ष ५ कम्पनी

nabil

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भयो । कारोबार भएका १६४ कम्पनीको सेयर मूल्य घटेकोको दिन समग्र बजार परिसूचक १४ अंकले घटेको हो ।

आज सेयर बजारमा धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा जानकी फाइनान्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल), माथिल्लो मेलुङ खोला जलविद्युत आयोजना, माइखोला हाइड्रोपावर र अपर लोहोरेखाला हाइड्रोपावर छन् । आजको कारोबार बन्द हुँदा जानकी फाइनान्सको सेयर मूल्य सबैभन्दा बढी ४.९० प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य ३८ रुपैयाँ ७० पैसाले घटेर ७५० रुपैयाँ ८० पैसा पुगेको छ।

त्यस्तै आज लाइफ इन्स्योरेन्स कर्पोरेसनको सेयर मूल्य ४.८० प्रतिशत अर्थात् ६० रुपैयाँले घटेर १ हजार १९० रुपैयाँ पुगेको छ । त्यस्तै माथिल्लो मेलुङ खोलाको सेयर मूल्य २६ रुपैयाँले घटेर ५४६ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.५५ प्रतिशतले कम हो ।

माइखोला हाइड्रोको सेयर मूल्य पनि आज २४ रुपैयाँ ९० पैसाले घटेको छ । यो कम्पनीको सेयर मूल्य आजको कारोबार बन्द हुँदा ५३५ रुपैयाँ १० पैसा पुगेको छ। यो अघिल्लो दिनको भन्दा ४.४५ प्रतिशतले कम हो । त्यस्तै आजको अपर लोहोरेखोला हाइड्रोको सेयर मूल्य ३.८४ प्रतिशत अर्थात् १७ रुपैयाँले घटेर ४२६ रुपैयाँ पुगेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal