काठमाडौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिसकम्ममा पौनो ४ अर्ब रुपैयाँको बीमा पोलिसी सरेन्डर भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुमा चालु आवको पहिलो तीन महिनामा ३ अर्ब ८२ करोड ४६ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको हो ।
तथ्यांकअनुसार असोज मसान्तसम्ममा बीमितहरुले २८ हजारवटा बीमा पोलिसी सरेन्डर गरेका छन् । असोज मसान्तसम्ममा सबैभन्दा धेरै बीमा पालिसी सरेण्डर हुनेमा एलआईसी नेपालमा अग्रस्थामा रहेको छ । यो कम्पनीमा १ अर्ब २२ करोड रुपैयाँको बीमा पोलिसी सरेन्डर भएको छ । दोस्रो नम्बरमा रहेको नेपाल लाइफमा १ अर्ब ८ करोड रुपैयाँको पोलिसी सरेन्डर भएको छ ।
तेस्रोमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । कम्पनीको २७ करोडको बीमा पोलिसी सरेण्डर भएको छ । बीमा प्राधिकरणको तथ्यांक अनुसार यो अवधिमा एसियन लाइफको २४ करोड, नेशनल लाइफको २३ करोड, सूर्य ज्योति लाइफको १९ करोड ३३ लाख र हिमालयन लाइफको १९ करोड २३ लाख रुपैयाँ र मेट लाइफको १० करोड ६३ करोड रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ ।
त्यस्तै, सानिमा रिलायन्स लाइफको ७ करोड ७८ लाख रुपैयाँ, आइएमई लाइफको ५ करोड ११ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको ४ करोड ६९ लाख रुपैयाँ, सिटिजन लाइफको ४ करोड ४८ लाख रुपैयाँ, रिलायबल नेपालको २ करोड रुपैयाँ र सन नेपाल लाइफको १ करोड ७७ लाख रुपैयाँ बीमा पोलिसी सरेण्डर भएको छ ।
प्रतिक्रिया दिनुहोस्