काठमाडौं । अर्थशास्त्री डा. मोहनमान सैंजुको निधन भएको छ । विगत केही वर्षदेखि अस्वस्थ्य रहेका सैंजुको ८३ वर्षको उमेरमा मंगलबार मृत्यु भएको हो ।
नेपालको आर्थिक नीति, विकास योजना, शोध र कूटनीतिमा उल्लेख्य योगदान दिएका थिए । डा. सैंजु योजना आयोगको उपाध्यक्ष र नेपालका लागि अमेरिकी राजूत पनि बनेका थिए ।
पछिल्ला केही वर्षदेखि सैँजु पार्किन्सनबाट पीडित थिए । उनी अमेरिकाका लागि पूर्वराजदूत हुन् । उनका श्रीमती एक छोरी र एक छोरा छन् । पाल्पाको तानसेनमा जन्मिएका सैँजुले वनारस हिन्दु विश्वविद्यालय, भारतबाट स्नातक र त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्