काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न पदहरुमा १५० जनालाई रोजगारी खुलाएको हो ।
संस्थाले बरिष्ठ प्रबन्धकमा २ जना, सहायक प्रबन्धकमा ४ जना, बरिष्ठ अधिकृतमा ३ जना, अधिकृतमा ५ जना, कनिष्ठ अधिकृतमा १५ जना, बरिष्ठ सहायकमा २० जना, सहायकमा १५ जना, कजिष्ठ सहायकमा ३० जना र कनिष्ठ सहायक प्रशिक्षार्थीमा ५० जना कर्मचारी माग गरेको छ ।
संस्थाले पद अनुसारको शैक्षिक योग्यता र उमेद पनि तोकेको छ । योग्यता पुगेका र इच्छुक उम्मेदवारले आवश्यक विवरणसहित संस्थाको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्