Skip to content
Prabhu

लक्ष्मी पूजाको दिन १८५५ मेगावाट विद्युतको माग , २५३ मेगावाट भारतमा निर्यात

nabil

काठमाडौं । सबैभन्दा बढी विजुलीको माग हुने लक्ष्मी पूजाको दिन नेपाल विद्युत प्राधिकरण भारतमा विजुली निर्यात गर्न सफल भएको छ ।

विद्युत प्राधिकरणका अनुसार लक्ष्मी पूजाको दिन माग १८५५.१ मेगावाटको  डिमाण्ड भएको थियो । २०७३ सालदेखि प्राधिकरणले लक्ष्मी पूजाको दिनबाट लोडसेडिङलाई हटाएको थियो । प्राधिकरणमा कुलमान घिसिङ कार्यकारी प्रमुख बनेर आएपछि लोडसेडिङ हटेको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक विगतमा जस्तै यो वर्षपनि सबैभन्दा बढी विद्युतको माग हुने दिन भारप्रेषण केन्द्र स्युचाटार पुगेका थिए ।

प्राधिकरणले लक्ष्मी पूजाको दिन सहज रुपमा २०७३ सालपछिका वर्षमा जस्तै विद्युतको आपूर्ति गर्न सफल भएको छ ।

२५३ मेगावाट विद्युत भारततर्फ निर्यात समेत भएको छ । प्राधिकरणले केही स्थानमा केही समय बाहेक देशभर विद्युत आपूर्ति सहज ढंगबाट भएको जनाएको छ ।

प्राधिकरणका अनुसार १६०२ मेगावाट नेपालमा खपत भएको थियो भने बाँकी विद्युत भारतर्फ निर्यात भएको थियो।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal