एजेन्सी । बंगलादेशको अन्तरिम सरकार र चीनबीचको सम्बन्ध थप निकट हुँदैछ । चिनियाँ राजदूत याओ वेनले हस्तक्षेप नगर्ने सिद्धान्तमा जोड दिँदै गरिबीमुक्त र लोकतान्त्रिक सम्पन्न बांग्लादेश निर्माणमा सहयोगको आश्वासन दिएका छन्।
बांग्लादेशको अन्तरिम सरकारको नेतृत्व मुहम्मद यूनुसले गरिरहेका छन् । जसले पूर्वप्रधानमन्त्री शेख हसीना सरकारको पतनपछि, व्यापक विरोध प्रदर्शनका कारण, गत अगस्ट ८ मा सत्ता सम्हालेका थिए ।
पश्चिमी मुलुकहरूले शेख हसीना सरकारविरुद्धका प्रदर्शनका क्रममा भएको हिंसाको आलोचना गरेका थिए भने चीनले हसीना सत्ताबाट बाहिरिएको एक दिनपछि मात्र सामाजिक स्थायित्व बहाल गर्ने बारेमा वक्तव्य जारी गरेको थियो।
चीनको कूटनीतिक सक्रियता
चिनियाँ राजदूत याओले बांग्लादेशमा बेइजिङको कूटनीतिक पहलकदमीको नेतृत्व गर्दैछन् । हसीनालाई सत्ताबाट बाहिर निकाल्न महत्वपूर्ण भूमिका खेलेका विद्यार्थी नेताहरू र राजनीतिक पार्टीहरूसँग उनी भेटघाट गरिरहेका छन् । यसै क्रममा उनले बांग्लादेश नेशनलिस्ट पार्टी (बीएनपी)सँग सम्पर्क गरेर पार्टीबीचको सहयोग र संवादलाई बढाउने वाचा गरेका छन्।
सेप्टेम्बर २ मा जमात–ए–इस्लामी पार्टीका नेताहरूसँगको भेटमा याओले यसलाई अनुशासित पार्टी भनेका थिए । जमातले पनि आपसी संवाद कायम राख्ने आशा व्यक्त गरेको थियो । ढाका ट्रिब्यूनका अनुसार सन् २०१० मार्च यता कुनै मुलुकको कुनै कूटनीतिज्ञले जमातको कार्यालयको भ्रमण गरेको थिएन ।
यो रिपोर्टले बताउँछ कि चीनलाई हसीनाको अवामी लिगको नजिकको सहयोगी मानिन्थ्यो । तर अब त्यो केही मुलुकको पंक्तिमा सामेल भएको छ, जसले अन्तरिम सरकारसँगको सहयोगमा छलफल गरिरहेका छन् ।
व्यापारिक सम्बन्धमा मजबूती
ढाकाको एक पत्रिका द डेली स्टारमा राजदूत याओ वेनले लेखेका छन् कि अन्तरिम सरकारको अवधिमा चिनियाँ कम्पनीहरूले ८.५ करोड डलरको लगानी गरेका छन् । जसले बांग्लादेशको भविष्यप्रति चीनको विश्वास देखाउँछ । उनले डिसेम्बरदेखि बंगलादेशको आयात १०० प्रतिशत करमुक्त हुने पनि लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस्