काठमाडौं । समता घरेलु लघुवित्तको एफपिओमा ११ लाख भँदा बढीले आवेदन दिएका छन् । भोलिसम्म आवेदन दिने समय रहेको लघुवित्तको एफपिओमा ११ लाख २७ हजार १२१ जनाले आवेदन दिएका हुन् ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपिओका लागि आवेदन खुला गरेको छ । कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको एफपिओ जारी गरेको छ र आवेदन दिने समय २ दिन बाँकी रहँदा ४८.७१ गुणा बढीको आवेदन परिसकेको छ ।
साबिकको मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेपछि प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर पुँजी संरचना अनुपात ६९.४८ प्रतिशत संस्थापकको र ३०.५२ सर्वसाधारणको कायम गर्न अपुग पुँजी पुर्याउन एफपिओ निष्काशन गरेको हो । आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्