Skip to content

लाहोरमा खतरनाक वायु गुणस्तरका कारण प्राथमिक विद्यालयहरू एक हप्ताका लागि बन्द

nabil bank
Orange Line Metro Train runs as heavy fog reduces visibility, in Lahore, Pakistan, Sunday, Nov. 3, 2024. (AP Photo/K.M. Chaudary)

लाहोर । सप्ताहन्तमा वायु–गुणस्तर सूचकाङ्क रेकर्ड उच्च विन्दुमा पुगेपछि सोमबार खतरनाक रूपमा खराब वायु गुणस्तरका कारण पाकिस्तानी अधिकारीहरू सांस्कृतिक राजधानी लाहोरमा एक हप्ताका लागि प्राथमिक विद्यालयहरू बन्द गर्न बाध्य भएका छन् ।

१ करोड ४० लाख जनसङ्ख्या भएको लाहोर शहरमा बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी र अन्य रोगहरूबाट जोगाउने बृहत्तर प्रयासको हिस्साका रूपमा लाहोरमा यी कदम चालिएका हुन् । सरकारले लाहोरमा सबैले मास्क लगाउनु अनिवार्य भएको बताएको छ ।

सहरमा ‘हरित लकडाउन’ को हिस्साका रूपमा ५० प्रतिशत कर्मचारीले पनि घरबाटै काम गर्नुपर्ने सरकारले बताएको छ । साथै फिल्टरबिना बार्बेक्यू गर्न प्रतिबन्ध लगाइएको छ र मोटरचालित रिक्साहरूलाई सीमित गरिएको छ । विवाह हलहरू राति १० बजे बन्द गर्नुपर्नेछ । प्रदूषणसँग लड्न कृत्रिम वर्षाको प्रयोग गरिने सम्भावना रहेको छ ।

सप्ताहन्तमा लाहोरमा वायु–गुणस्तर सूचकांक एक हजार नाघेको छ । यो पाकिस्तानमा रेकर्ड उच्च हो ।

भारतसँग सीमा जोडिएको पूर्वी पञ्जाब प्रान्तको राजधानी लाहोरमा गत महिनादेखि वायु गुणस्तर बिग्रन थालेपछि विषाक्त खैरो धुवाँले दशौँ हजार मानिस, मुख्यतया बालबालिका र वृद्धवृद्धाहरूलाई बिरामी बनाएको छ ।

सरकारले केही क्षेत्रमा निर्माण कार्यमा पनि प्रतिबन्ध गरेको छ र धुवाँ उत्सर्जन गर्ने सवारी साधनका मालिकहरूलाई जरिवाना गरेको छ । सरकारी सूचनाअनुसार प्रदूषणका कारण विद्यालयहरू एक हप्ताका लागि बन्द रहनेछन् ।

पञ्जाब वातावरण संरक्षण विभागका अनुसार हावामा पिएम २.५ वा सूक्ष्म कणको मात्रा ४५० नजिक पुगेको छ र यसलाई खतरनाक मानिन्छ ।

लाहोर एक समय बगैँचाहरूको शहरका रूपमा चिनिन्थ्यो र यो १६औँ देखि १९औँ शताब्दीसम्मको मुगल कालमा सर्वव्यापी थियो । यद्यपि द्रुत शहरीकरण र जनसङ्ख्या वृद्धिले हरियालीका लागि थोरै ठाउँ मात्र छोडेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime