काठमाडौं । समता घरेलु लघुवित्तको एफपिओमा ५३ प्रतिशत भन्दा बढी आवेदन परेको छ । यो कम्पनीको एफपीओमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । अन्तिम दिनको आवेदन समय सकिनु भन्दा पहिले नै ५३.५७ प्रतिशत बढी आदेवन परेको हो ।
कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपिओ बिक्री खुला गरेको हो । हालसम्म कम्पनीको एफपिओमा १ अर्ब ८८ करोड ६७ हजार रुपैयाँको आवेदन परेको छ । सिडिएसका अनुसार आज (कात्तिक २० गते) बिहान १०ः०६ बजेसम्ममा १२ लाख ४८ हजार ९८५ जनाले १ करोड ८८ लाख ६७० कित्ताका लागि आवेदन दिएका हुन् ।
साबिकको मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेपछि प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम सेयर पुँजी संरचना अनुपात ६९.४८ प्रतिशत संस्थापकको र ३०.५२ सर्वसाधारणको कायम गर्न अपुग पुँजी पुर्याउन एफपिओ निष्काशन गरेको हो । आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस्