Skip to content
Prabhu

ग्लोबल आइएमई बैंकद्वारा लाभांश घोषणा

nabil

काठमाडौं । ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीको कात्तिक १४ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापुँजीको ५.५० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । साथै, बैठकले १८औं वार्षिक साधारण सभा मंसिर २७ गते बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बस्ने गरी आव्हान गरेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ९ गते बुक क्लोज गर्ने भएको हुँदा मंसिर ८ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश पाउनेछन् ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal