Skip to content
Prabhu

प्रिओपन सेसनमा सामान्य बढ्यो नेप्से

nabil

काठमाडौं । तिहार पछिको पहिलो कारोबार दिनको प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आजको प्रिओपन सेसनमा नेप्से १ दशमलव ३५ अंकले बढेको हो ।

आजको प्रिओपन सेसनको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २६७८ दशमलव ९७ विन्दुमा पुगेको छ । त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव १८ अंकले बढेर ४७९ दशमलव ०१ विन्दुमा पुगेको छ ।

आजको प्रि ओपन सेसनमा ९ कम्पनीको सेयर मूल्य बढेको छ भने १६ कम्पनीको सेयर मूल्य भने घटेको छ । आजको प्रि ओपन सेसनमा २५ कम्पनीका ३ हजार २०८ कित्ता सेयर ४३ पटक खरिद बिक्री हुँदा १९ लाख ४७ हजार ५६६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal