काठमाडौं । अपर स्याँङ्गे हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७८ रुपैयाँ २० पैसाले घटेर ७८४ रुपैयाँ ८० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले कम हो । समग्रमा भने यो समाचार तयारपार्दासम्म नेप्से परिसूचक बढेको छ ।
यो समाचार तयारपार्दासम्म नेप्से १२ दशमलव ९४ अंकले बढेर २६९० दशमलव ५७ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा १ अर्ब ४८ करोड माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्