Skip to content
Prabhu

पोखरामा रास्वपाका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोज्दा अश्रुग्यास प्रहार

nabil

काठमाडौं । सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको समर्थनमा पोखरामा प्रदर्शन भएको छ ।

लामिछानेलाई म्याद थपका लागि मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित गराउन लैजाँदा लामिछानेका समर्थकहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रहरीले केही राउन्ड अश्रुग्यास प्रहार गरेको छ भने केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको रास्वाको आरोप छ ।

कास्की प्रहरीले लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण लगायतमा अनुसन्धान गर्ने भन्दै म्याद थपेर अनुसन्धान गरिरहेको छ । कास्कीमा बयान सकिनेबित्तिकै लामिछानेलाई रुपन्देही लैजाने तयारी प्रहरीको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal