काठमाडौं । बुधबारको प्रिओपन सेसनमा नेप्से परिसूचक २ अंकले बढेको छ । आजको प्रिओपन सेसनमा नेप्से परिसूचक २ दशमलव ०६ अंकले बढेको हो ।
आजको उक्त सेसन पछि सेयर बजार परिसूचक २६७९ दशमलव ४७ विन्दुमा पुगेको छ । आजको प्रिओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव २६ अंकले बढेर ४७८ दशमलव २६ विन्दुमा पुगेको छ ।
आजको प्रिओपन सेसनमा कारोबार भएका कम्पनीमध्ये २२ कम्पनीको सेयर मूल्य बढेको छ भने १४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आजको सो सेसनमा ३८ कम्पनीका ३ हजार ९३१ कित्ता सेयर ५५ पटक खरिद बिक्री हुँदा २६ लाख २० हजार ३०० रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्