Skip to content
Prabhu

स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बिक्रीमा, मूल्य प्रतिकित्ता ५६७ रुपैयाँ

nabil

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तले ४४ हजार १४३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर जो–कोही व्यक्ति वा संस्थाहरूले खरीद गर्न पाउने गरी बिक्रीमा राखिएको छ । खरीदकर्ताले न्यूनतम १ हजार कित्ता र बढीमा १० ले भाग जाने गरी सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५६७ रुपैयाँ तोकिएको छ ।

इच्छुक लगानीकर्ताले आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत खुलाई मंसिर ५ गते दिउँसो २ बजेभित्र बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal