विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजिनामा दिएका छन् । मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि राजीनामा दिएका हुन् ।
अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएको जानकारी दिए । उनले तिहार विदाका समयमा भएको आफ्नो जापान भ्रमणका क्रममा उठेका केही प्रश्नहरुप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको र जिम्मेवार जनप्रतिनिधिको हैसियतले उच्च नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा दिएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्