काठमाडौँ । नेपाल राष्ट्र बैंकले निक्षेप उपकारण प्रयोग गरेर आज बुधबार बजारबाट १०० अर्ब रुपैयाँ खिच्दै छ । बजारको उच्च तरलता व्यवस्थापन गर्न बैंकले एकैपटक यो परिमाणमा निक्षेप संकलन बोलकबोल गर्न लागेको हो ।
२१ दिन अवधि रहेको उक्त रकम मंसिर १२ गते परिपक्व हुनेछ । उक्त उपकरणका लागि बैंक तथा वित्तीय संस्थाले अनलाइन माध्यमबाट बिडिङ गर्नसक्ने उल्लेख गरिएको छ । आवेदन दिँदा कम्तीमा १० करोड रुपैयाँ र त्यसभन्दा माथि ५ करोड रुपैयाँले भाग जाने परिमाणमा लागि बोलकबोल गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
बैंकले अघिल्लो महिना पनि राष्ट्र बैंकले १ खर्ब रुपैयाँ बराबरको निक्षेप बोलकबोल गरेको थियो । त्यतिबेला बैंकहरुले ३२ अर्ब रुपैयाँका लागि मात्रै आवेदन दिएका थिए । बजारमा अहिले पनि उच्च तरलताको अवस्था छ ।
प्रतिक्रिया दिनुहोस्