Skip to content

राष्ट्रपति पौडेलद्वारा छठी माताको पूजाआराधना

nabil bank
राष्ट्रपति पौडेलद्वारा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै काठमाडौँ, २२ कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वको अवसरमा बिहीबार काठमाडौँको कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै । तस्बिरः प्रदीपराज वन्त÷रासस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेलले छठ पर्वका अवसरमा छठी माताको पूजाआराधना गरेका छन् । राष्ट्रपति पौडेलले काठमाडौंको गौरीघाट र कमलपोखरीमा तयार गरिएको छठ पूजास्थलमा पुगेर आज अपराह्न छठी माताको पूजाअर्चना गरेका हुन् ।

राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पूजास्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गरेका थिए। राष्ट्रपति पौडेल सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि वाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थल पुग्नुभएको थियो । त्यहाँ उनले सूर्यसहित छठी माताको पूजाआराधना एवं अर्घदान गरेका थिए।

यसैगरी उनले गुह्वेश्वरीपछि कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेर छठी माताको पूजाआराधना गरे । राष्ट्रपति पौडेल गुह्वेश्वरी र कमलपोखरीको पूजास्थल पुग्नुहुँदा छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime