काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १० हजार कित्ता सेयर बिक्री गर्ने लागेको हो ।
उक्त संस्थापक सेयरको न्यूनतम मूल्य ४०० रुपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ । सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिने गरी जो कोहि ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी मंसिर ५ गते भित्र कम्पनीको केन्द्रिय कार्यालय ढल्केवर धनुषामा आवेदन दिन सकिनेछ । आवेदन दिदा न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण सेयरका लागि दिन सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्