Skip to content
Prabhu

३८ प्रतिशतले घट्यो फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा, इपिएस कति ?

nabil

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडको नाफामा भारी गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय विवरण अनुसार गत आवको तुलनामा ३८.६८ प्रतिशतले नाफा घटेको हो ।

कम्पनीले गत आवको असोज मसान्तसम्म ५ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आवको सोही अवधिमा कम्पनीले ३ करोड १० लाख रुपैयाँ मात्रै नाफा कमाउन सकेको छ । समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ८ करोड १ लाख रुपैयाँबाट घटेर ६ करोड रुपैयाँमा झरेको छ ।

यता कम्पनीको सञ्चालन नाफा ७ करोड २४ लाख रुपैयाँबाट घटेर ४ करोड ४४ लाख रुपैयाँमा सीमित भएको छ । यसै अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी पनि ९ करोड ८ लाख रुपैयाँबाट घटेर ५ करोड ९९ लाख रुपैयाँमा कायम भएको छ ।

समीक्षा अवधिमा खराब कर्जा १.९१ प्रतिशतबाट बढेर ४.४४ प्रतिशत पुगेको छ भने प्रतिसेयर आम्दानी (ईपीएस) १६.०६ रुपैयाँबाट घटेर १०.०८ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३५.३२ रुपैयाँ छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब २३ करोड रुपैयाँ छ भने रिटेन्ड अर्निङमा १३ करोड ३८ लाख रुपैयाँ र रिजर्भमा ३० करोड १९ लाख रुपैयाँ छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal