काठमाडौं । बिहीबार साँझ देशका विभिन्न ठाउँका जलाशयमा छठ पर्वको मुख्य दिन ब्रतालुले अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिएका छन् ।
बिहीबार काठमाडौंका छठघाटहरुमा पुगेका ब्रतालुले छठको पूजा गरी सूर्यको उपासना गरेका छन् । बिहीबार सूर्यास्तअघि नै ब्रतालुहरु काठमाडौंको कमलपोखरी, गौरीघाट, जनकपुर, धनुषा र महोत्तरीलगायतका छठघाटमा पुगेर आआफ्नो छठघाट सजाइसकेका थिए । त्यसपछि अस्ताउँदो सूर्यलाई अर्घ दिए ।
कतिपय ब्रतालु बिहीबार रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिन्छन् ।
काठमाडौंमा बसोबास गर्दै आएका तराईबासीले यहीँका छठघाटमा पूजा आराधना गर्दै आएका छन् । काठमाडौंका बागमती, विष्णुमतीलगायत नदीमा ठाउँठाउँमा छठ पूजास्थल बनाइएको छ भने कमलपोखरीलगायतका जलासयमा पनि छठपूजा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्