Skip to content

डलरको मूल्यमा नयाँ रेकर्ड, डलरको मूल्य बढ्दा नेपाललाई कस्तो पर्छ असर ?

nabil bank

काठमाडौं । आज नेपाली बजारमा डलरको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । अघिल्लो दिनको रेकर्डलाई तोड्दै आज अमेरिकी डलरेको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको बिक्रीदर १३५ रुपैयाँ ३० पैसा रहेको छ भने खरिददर १३४ रुपैयाँ ७० पैसा रहेको छ । बिहीबार डलरको यस्तो दर क्रमशः १३५ रुपैयाँ १६ पैसा र १३४ रुपैयाँ ५६ पैसा थियो । अघिल्लो दिनको तुलनामा यस दिन डलरको मूल्य १४ पैसा बढेको हो । आयातमुख अर्थतन्त्र भएको देशका लागि डलरको मूल्य बढ्नु भनेको हरेक क्षेत्रमा मंहगी बढ्नु हो ।

डलरको मूल्य बढ्दा निर्यातमुख अर्थतन्त्र भएको मूलकहरुलाई मात्रै फाइदा पुग्ने अर्थविदहरुको भनाइ छ । नेपालको अर्थतन्त्र आयातमुखी रहेकाले डलरको मूल्य बढ्दा प्रत्यक नेपालीको भान्सामा यसको असर पर्छ । सबै सामान विदेशबाट खरिद गरेर ल्याउनु पर्ने भएकाले डलरको मूल्य बढ्दा नेपालीका भान्सा नै महंगो हुन जान्छ ।

अर्को तर्फ नेपालले विदेशी राष्ट्रसँग लिएको ऋणको साँवा ब्याज भुक्तानीमा पनि डलरको मूल्य बढ्दा बढी भार पर्छ । डलरको मूल्य बढ्दा नेपालमा आउने विदेशीले गर्ने खर्च र रेमिट्यान्स केही बढे पनि समग्रमा नेपाललाई नकारात्मक असर नै गर्ने अर्थविद् डा. चन्द्रमणी अधिकारी बताउँछन् । ‘हामीले विदेशीलाई तिर्ने ऋणको साँवा, ब्याज देखि खरिद गर्ने सबै सामानको मूल्य बढ्दो यसको असर प्रत्यक नेपालीलाई पर्छ,’ उनले भने, ‘केही मात्रामा विदेशबाट आउने रेमिट्यान्स र पर्यटकबाट आउने रकममा केही वृद्धि भए पनि समग्र अर्थतन्त्रका लागि डलरको मूल्य बढ्नु नकारात्म नै हो ।’

नेपालको निर्यातको मात्रा निकै कम भएकाले डलरको मूल्य बढ्दा समग्र क्षेत्रमा यसको असर पर्छ । यदि यो अवस्थामा नेपालले विदेश निर्यात गर्ने सामान वा बस्तु धेरै भएको खण्डमा यसले सकारात्मक असर पोर्न थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi