Skip to content
Prabhu

एयरब्यागमा समस्या देखिएको भोल्क्सवागनले बोलायो एक लाख १४ हजारभन्दा बढी गाडी फिर्ता

nabil

एजेन्सी । भोल्क्सवागनले सुरक्षासम्बन्धी चिन्ताका कारण संयुक्त राज्य अमेरिकामा एक लाख १४ हजार ४७८ वटा सवारी साधन फिर्ता बोलाएको छ ।

सन् २००६–०७ का केही पासाट सेडान, सन् २०१२ देखि २०१४ सम्मका पासाट मोडेल र सन् २०१७ का पासाट वागनका साथै सन् २०१७ देखि २०१९ सम्मका केही बिटल र बिटल कनभर्टिबल मोडेलका कार फिर्ता बोलाइएको जनाइएको छ ।

विशेष गरी ती गाडीमा रहेको एयरब्यागका कारणले फिर्ता बोलाइएको हो । चालकतर्फ एयरब्यागले लामो समयसम्म उच्च तापक्रम र आर्द्रतासँगको सम्पर्कमा हुँदा विस्फोट हुने जोखिम बढेपछि कारहरु फिर्ता बोलाइएको हो । नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशनले गत अक्टोबर ३० मा पेस गरेको र बिहीबार अनलाइन पोस्ट गरी ती कार फिर्ता बोलाइएको हो ।

प्रभावित ग्राहकहरूले आफ्नो चालकपट्टि रहेको एयरब्याग निःशुल्क रुपमा भोल्क्सवागनको डिलरशिपमा प्रतिस्थापन गराउन सक्ने जनाइएको हो । नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशनका अनुसार प्रभावित ग्राहकहरूले डिसेम्बर २७ सम्म सूचना प्राप्त गर्नेछन् ।

जुन महिनामा पनि, कम्पनीले आफ्ना एटलस एसयुभी गाडीका २ लाख ७१ हजार ३३० युनिट फिर्ता बोलाएको थियो जसमा यात्रुपट्टीको एयरब्यागमा समस्या देखा परेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal