एजेन्सी । डोनाल्ड ट्रम्प अमेरिकाका ४७औँ राष्ट्रपति बन्ने तयारीमा छन् । अमेरिकाको पछिल्लो एक सय वर्षको इतिहासमा उनी पहिलो राष्ट्रपति हुन् जो एक पटक चुनाव हारिसकेपछि ह्वाइट हाउसमा पुनः फर्कन लागेका छन् । ट्रम्प यसअघि अमेरिकाका ४५औँ राष्ट्रपति भइसकेका छन् ।
ट्रम्पको ह्वाइट हाउसमा पुनरागमनसँगै अमेरिकी विदेश नीतिमा परिवर्तन देख्न सकिन्छ । ट्रम्पको विदेश नीति यस्तो समयमा धेरै मोर्चामा ठूलो परिवर्तन गर्न सक्छ, जब विश्वका केही क्षेत्र युद्ध र अनिश्चितताको स्थितिमा छन् ।
चुनावी अभियानको क्रममा ट्रम्पले आफ्ना नीतिहरूमा व्यापक परिवर्तनको संकेत दिएका थिए । तर उनले के गर्ने भन्ने स्पष्ट भनेका छैनन् । तर उनी अरु देशमा हस्तक्षेप नगर्ने र आफ्नो देशको व्यापारलाई संरक्षण दिने नीतिमा अगाडि बढ्न सक्छन् ।
ट्रम्प अमेरिकाको हितलाई सर्वोच्च प्राथमिकतामा राख्ने नीतिमा हिँड्न सक्छन् । उनको नारा अमेरिका फस्टको हो ।
उनको जित यस कुराको संकेत हो कि युद्ध र अनिश्चितताको दोहोरो संकटको अवस्थामा विदेश नीतिमा अमेरिकी दृष्टिकोणमा ठूलो परिवर्तन देख्न सकिन्छ ।
ट्रम्पको चुनावी अभियान र सन् २०१७ देखि २०२१ को बीचमा कार्यकालको आधारमा अनुमान गर्न सकिन्छ कि ट्रम्प विदेश नीतिका विभिन्न मोर्चामा के गर्न सक्छन् ।
रूस, युक्रेन र नेटोको सवाल
आफ्नो चुनावी प्रचारको समयमा ट्रम्पले लगातार भनेका छन् कि उनी रूस र युक्रेनको युद्धलाई एक दिन मै समाप्त गर्न सक्छन् । जब उनलाई सोधियो कि उनी यसलाई कसरी समाप्त गर्नेछन्, उनले आफ्नै निरीक्षणमा सम्झौता गराउने कुरा गरेका थिए। तर यसबारे विस्तृत विवरण दिएका छैनन् ।
ट्रम्पका दुई पूर्व राष्ट्रिय सुरक्षा प्रमुखहरूले मेमा लेखेको एक अनुसन्धान कागजमा सुझाव दिएका थिए कि अमेरिका युक्रेनलाई हतियारको आपूर्ति जारी राख्नुपर्छ । तर यो सर्तमा कि उनी रूससँग शान्ति वार्ता पनि गर्नुपर्छ ।
अर्कोतिर, पश्चिमी देशहरूले युक्रेनलाई नेटोको सदस्यता दिने विषयलाई स्थगित गरेर रूसलाई आकर्षित गर्न सक्छन् ।
यी पूर्व सल्लाहकारहरूले भनेका छन् कि युक्रेनले आफ्नो सम्पूर्ण भूमि रुसको कब्जाबाट फिर्ता आउने आशा छोड्नुपर्दैन । तर उसले अब बार्गेनिङ अग्रिम मोर्चामा आधारित हुनुपर्छ ।
डेमोक्र्याटिक पार्टीका नेताहरू भन्छन् कि ट्रम्प रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई खुसी पार्नमा लागेका छन् । यो रवैया युक्रेनको मामिलामा समर्पणजस्तो देखिन्छ । ट्रम्पको यो कदमले युरोपलाई जोखिममा पार्न सक्छ ।
जबकि ट्रम्प भन्छन् कि युद्ध रोक्नु उनको प्राथमिकता हो ताकि अमेरिकाका स्रोतहरूको बर्बादी रोक्न सकियोस् ।
यद्यपि यो स्पष्ट छैन कि सल्लाहकारहरूको यो अनुसन्धान कागज ट्रम्पको दृष्टिकोणलाई कत्तिको प्रतिनिधित्व गर्छ, तर यो विदेश नीतिमा उनलाई कस्तो प्रकारको सल्लाह मिल्न सक्छ भन्ने संकेत हुन सक्छ ।
युद्ध समाप्त गर्न ट्रम्पको अमेरिका फस्ट नीतिको छायाले नेटोको भविष्य निर्धारण जस्ता सामरिक विषयमा पनि असर पार्न सक्छ ।
इजरायल, गाजामा र मध्य–पूर्वमा ट्रंपको दृष्टिकोण
युक्रेन जस्तै ट्रम्पले मध्य–पूर्वमा शान्ति ल्याउने वाचा गरेका छन् । मानिन्छ कि उनी गाजामा इजरायल, हमास र लेबनानमा इजरायल–हिजबुल्लाहको द्वन्द्वलाई समाप्त गराउन सक्छन् । तर यहाँ पनि उनले यो कसरी गर्ने भन्ने बताएका छैनन् ।
ट्रम्पले बारम्बार भनेका छन् कि यदि जो बाइडनको ठाउँमा उनी सत्ता कब्जा गरेका भए हमासले इजरायलमाथि आक्रमण गर्दैनथ्यो ।
यद्यपि इरानको मामिलामा सम्भवतः ट्रंप पुरानै नीतिमा फर्कन चाहन्छन् । ट्रम्पको पहिलो कार्यकालमा अमेरिकाले इरानसँगको आणविक सम्झौता तोड्यो र प्रतिबन्धको दायरा बढायो ।
उनीहरूको कार्यकालमा इरानका शक्तिशाली कमाण्डर कासिम सुलेमानीलाई मारिएको थियो ।
चीनको चुनौती र व्यापार नीति
अमेरिका अब चीनलाई लिएर कस्तो विदेश नीति अपनाउनेछ ? अमेरिकी रणनीतिक नीतिमा यो सबैभन्दा ठूलो प्रश्न हो ।
विश्वव्यापी सुरक्षामा र व्यापारमा पार्न सक्ने यसको ठूलो प्रभावलाई ध्यानमा राखेर यो महत्त्वपूर्ण विषय हो ।
ट्रम्प सत्ता हुँदा चीनलाई रणनीतिक प्रतिस्पर्धी भन्दै केही आयातमा ट्यारिफ लगाएका थिए । अमेरिका ताइवानलाई सैन्य सहयोग दिन्छ । चीन ताइवानलाई आफ्नो हिस्सा मान्दै आएको छ ।
यो वर्ष अक्टोबरमा ट्रम्पले भनेका थिए कि यदि ह्वाइट हाउसमा उनी फर्के भने ताइवानको नाकाबन्दी हटाउन चीनविरुद्ध सैनिक शक्ति प्रयोग गर्ने छैनन् । ट्रम्पको विरोधीहरूलाई योमा उनको तानाशाह दृष्टिकोणको झल्को देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्