Skip to content
Prabhu

सुपर मादी हाइड्रोपावरको नाफामा उल्लेख्य सुधार, प्रतिसेयर आम्दानी कति ?

nabil

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको नाफामा सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा ५०.८३ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको तीन महिनासम्मको अवधिमा कम्पनीले १६ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा १० करोड ६८ लाख रुपैयाँ रहेको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी केही घटेपनि वित्तीय खर्च घटेका कारण खुद नाफामा सुधार देखिएको हो ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ४३ करोड २७ लाखबाट घटेर ४२ करोड १५ लाख रुपैयाँमा झरेको छ । त्यस्तै, कम्पनीको कुल नाफा ४१ करोड ९६ लाखबाट घटेर ४१ करोड २० लाखमा झरेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा २३ करोड १३ लाख रुपैयाँ रहेको कम्पनीको वित्तीय खर्च, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १६ करोड ३५ लाख रुपैयाँमा सीमित भएको छ । जसका कारण खुद नाफा बढ्न पुगेको हो ।

२ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३० करोड ५ लाख रुपैयाँ सञ्चित छ । पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ७२ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ ११४ रुपैयाँ ३१ पैसा रहेको छ । सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ९.७६ गुणा रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal