Skip to content
Prabhu

हकप्रद सेयर बापतको रकम जम्मा गर्न सञ्चालकलाई लिवर्टी इनर्जीको ताकेता

nabil

काठमाडौं । लिवर्टी इनर्जीले आफ्नो सञ्चालक र प्रमुख सेयरधनीहरूलाई हकप्रद सेयर बापतको रकम समयमै जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरूलाई आफ्ना हकमा पर्न आएका हकप्रद सेयरको रकम चाँडो बुझाउन निर्देशन दिएको हो ।

कम्पनीले चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् १ः०.५० को अनुपातमा हकप्रद सेयर जारी गर्ने योजना बनाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ७५ लाख कित्ता हकप्रद सेयर जारी गर्ने अनुमति दिइसकेको छ, जसको अंकित मूल्य १ सय रुपैयाँ पर्नेछ । यसरी जारी हुने सेयरको कुल रकम ७५ करोड रुपैयाँ बराबर हुनेछ ।

कम्पनीले कात्तिक २९ गते भित्र हकप्रद सेयरको रकम बुझाउन आग्रह गरेको छ । विशेष गरी, सञ्चालक र १ प्रतिशत वा त्यस भन्दा बढी सेयरधारकहरूले आफ्नो स्वामित्वमा आउने हकप्रद सेयरको रकम कम्पनीमा जम्मा गर्नुपर्नेछ । यदि कुनै सेयरधनीले तोकिएको म्यादसम्म रकम बुझाउँदैन भने, कम्पनीले नियमानुसारको प्रक्रिया अघि बढाउने जानकारी दिएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal