काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति गर्न सञ्चालन समय कटौती गरेसँगै हवाई भाडा महँगिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)काले विमानस्थलको स्तरोन्नतिका लागि आज (शुक्रबार)बाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागेको हो ।
उडान अवधि कटौती भएसँगै एयरलाएन्स कम्पनीहरुले नेपालको प्रमुख श्रम गन्तव्य मूलुकहरुको हवाई भाडा बढाएका हुन् । कम्पनीहरुले श्रम गन्तव्यको भाडा विगतको भन्दा दोब्बरसम्मले बढाउँदा यसको मार नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिकमा परेको छ । कुबेतको हवाई भाडा सतप्रतिशत भन्दा बढीले बढाइएको छ । विमानस्थल स्तरोन्नति गर्न अघि काठमाडौंबाट कुबेत जान एकतर्फी ४५ हजार रुपैयाँ भाडा थियो ।
अहिले बढाएर एक लाख रुपैयाँ पुर्याइएको छ । उडान अवधि कटौती हुँदा यात्रुको चाप बढ्ने भएकाले त्यसको लाभ लिन एयरलाइन्सहरुले भाडा बढाएका हुन् । यसको प्रत्यक्ष मारमा नेपाली श्रमिकहरु पर्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्