Skip to content
Prabhu

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ शुल्क दोब्बरले बढ्यो

nabil

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सवारी पार्किङ गर्दा दोब्बर शुल्क लाग्न थालेको छ । विमानस्थलमा जाने सवारीधनीले अहिले यसअघिको भन्दा दोब्बर शुल्क तिरिरहेका छन् ।

अहिले विमानस्थलमा मोटरसाइकल, स्कुटरलगायत दुईपांग्रे सवारीले प्रतिघण्टा ४० रुपैयाँ तिरिरहेका छन् । यसअघि, दुईपांग्रे सवारीले प्रतिघण्टा २० रुपैयाँ तिर्नुपर्थ्यो ।

यस्तै, कार, जिपलगायत चारपांग्रे सवारीको पार्किङ शुल्क प्रतिघण्टा ८० रुपैयाँ पुगेको छ । यसअघि, यी सवारीधनीले ४० रुपैयाँ तिर्नुपर्थ्यो ।
यस्तै, माइक्रोबस, ट्याम्पोलगायत सवारीको १०० रुपैयाँ र गह्रौँ सवारीको १५० रुपैयाँ तोकिएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal