Skip to content
Prabhu

ट्याक्सीका रुपमा निजी जेट चढ्ने धनी व्यक्तिका कारण जलवायुमा असर

nabil

एजेन्सी । धनी व्यक्तिहरू निजी जेटलाई ट्याक्सी जस्तै प्रयोग गरिरहेको उल्लेख गर्दै वैज्ञानिकहरुले उनीहरूद्वारा उत्सर्जित ग्रह–ताप बढाउने चेतावनी दिएका छन् । वैज्ञानिकहरूले जलवायु परिवर्तनमा योगदान गर्ने कार्बन डाइअक्साइड उत्सर्जन सन् २०१९ देखि २०२३ सम्म ४६ प्रतिशतले बढेको बताएका छन् ।

अनुसन्धानकर्ताहरूले विश्वभरिका सबै निजी उडानहरूको खोजी गरेका थिए । जसमा स्पेनको इबिजामा गर्मीका सप्ताहन्तमा गरिएका यात्रा, फिफा विश्वकप र दुबईमा आयोजित यूएन जलवायु सम्मेलनमा गरिएको यात्रा पनि समावेश छ ।

अनुसन्धान टोलीका अनुसार, निजी जेटमा एक घण्टाको उडानले एक साधारण व्यक्तिले एक वर्षमा उत्सर्जन गर्ने कार्बन डाइअक्साइड भन्दा धेरै उत्सर्जन गर्न सक्छ ।

स्वीडेनको लिनेयस विश्वविद्यालयका प्रोफेसर स्टेफन गस्लिङले भने, “धेरै व्यक्तिहरूले यी विमानहरूलाई ट्याक्सी जस्तै प्रयोग गरिरहेका छन्, जहाँ तपाईंले हवाई यात्रा गरेर कुनै पनि दूरी मात्र यस कारणले पार गर्नुभएको हुन्छ कि यो अझै बढी सुविधाजनक छ ।”

प्रोफेसर गस्लिङले थपे, “यदि कसैको उडानले एक घण्टामा एउटा साधारण मानवले एक वर्षमा गर्ने जति उत्सर्जन गर्छ – केवल फुटबल खेल हेर्नका लागि – तब सम्भवतः यसले देखाउँछ कि ती व्यक्तिहरूले आफूलाई हाम्रो वैश्विक समुदायका मापदण्डहरू बाहिर सोचेका छन् ।”

अनुसन्धानका अनुसार, सन् २०२३ मा निजी उडानहरूले अनुमानित १५.६ मिलियन टन कार्बन डाइअक्साइड उत्पादन गरेको थिए । जुन एक वर्षमा ३.७ मिलियन पेट्रोल कारहरू चलाए जत्तिकै बराबर हो । यो विश्वव्यापी कार्बन उत्सर्जनको सन्दर्भमा सानो देखिन सक्छ । यसले सबै हवाई यात्राबाट उत्सर्जनको लगभग १.८ प्रतिशत प्रतिनिधित्व गर्छ, जबकि हवाई उड्डयन विश्वव्यापी उत्सर्जनको ४ प्रतिशत हो ।

प्रोफेसर गस्लिङले भने, “यो धेरै ठूलो देखिदैन, तर यो मानवजातिको सानो अंश मात्र हो र यी व्यक्तिहरूले एक वर्षमा निजी जेटमा यात्रा गरेर मध्य अफ्रिकाको सानो शहरले गर्ने भन्दा धेरै उत्सर्जन गर्छन् ।” प्रत्येक मानवले औसत रूपमा वर्षमा लगभग ४.३ टन कार्बन डाइअक्साइड उत्पादन गर्छ – तर मध्य अफ्रिकामा यो ०.१ टनसम्म घट्न सक्छ ।

निजी जेटका कारण उत्सर्जनमा ४६ प्रतिशतको वृद्धि सम्भवतः बढ्दो माग र कोभिड महामारीका कारण व्यावसायिक यात्रामा लागेको सीमाले भएको हो ।

निजी जेटमा यात्रा गर्ने व्यक्तिहरू प्रायः विश्वका सबैभन्दा धनी व्यक्तिहरूमा पर्दछन्, जसलाई कहिलेकाहीं अल्ट्रा–हाई–नेट–वर्थ व्यक्तिहरू पनि भनिन्छ ।

वैज्ञानिकहरूका अनुसार यो समूहमा लगभग २ लाख ५६ हजार व्यक्ति छन्, जसको हरेक व्यक्तिको औसत सम्पत्ति १२३ मिलियन डलरभन्दा बढी छ ।

अनुसन्धान टोलीले विभिन्न अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त व्यक्तिहरूका उडान मार्गहरू म्याप गरेका थिए, जसलाई प्रतिवेदनमा प्रसिद्ध अभिनेता, गायक, र निर्देशकहरू भनेर मात्र उल्लेख गरिएको छ ।

एक जना धनी व्यक्तिले सन् २०२३ मा १६९ पटक निजी जेटमा यात्रा गरेका थिए । जसले अनुमानित २ हजार चार सय टन कार्बन डाइअक्साइड उत्सर्जन गरेको थियो । जुन वर्षभरि ५७१ पेट्रोल कारहरू चलाएको जत्तिकै बराबर हो । वैज्ञानिकहरूले कुनै व्यक्तिलाई दोषारोपण गर्न चाहेको प्रष्ट पार्दै, व्यक्तिहरूको नाम खुलाएको छैन ।

धेरै विमानहरू अमेरिकामा दर्ता भएका थिए (६९ प्रतिशत), त्यसपछि ब्राजिल, क्यानडा, जर्मनी, मेक्सिको र बेलायतमा दर्ता भएका थिए । अनुसन्धानकर्ताहरूका अनुसार, धेरै उडानहरू मनोरञ्जन वा फिल्म महोत्सव र फुटबल खेलहरू जस्ता कार्यक्रमका लागि थिए । र, ४७.४ प्रतिशत उडानहरू ५०० किमी (३०० माइल) भन्दा कम थिए ।

स्पेनको इबिजा र फ्रान्सको नाइसमा निजी उडानहरू गर्मीको समयमा उच्च हुँदा, आउने र जाने यात्रा सप्ताहन्तमा केन्द्रित थियो । सन् २०२२ को फिफा विश्वकपसँगै कतारमा १,८४६ जेटहरू आइपुगेका थिए, जसले अनुमानित १४ हजार सात सय टन कार्बन डाइअक्साइड उत्पन्न गरेको थियो ।

अनुसन्धान टोलीले सन् २०२३ मा दुबईमा यूएन जलवायु सम्मेलनको समयमा संयुक्त अरब इमिरेट्समा २९१ निजी विमानहरू अवतरण भएको पनि पत्ता लगाएको थियो । जसले १ हजार पाँच सय टन कार्बन डाइअक्साइड उत्पन्न गरेको थियो।

अनुसन्धानकर्ताहरूले विमानको मोडेलको औसत इन्धन खपत र उडानमा बिताएको समयको आधारमा १ करोड ८६ लाख ५५ हजार ७८९ उडानहरूको उत्सर्जन गणना गरिएको थियो।

ट्र्याकिङ जानकारी फ्लाइट–ट्र्याकिङ पोर्टल एडीएस–बी एक्सचेन्जमा उपलब्ध छ । जसलाई प्रोफेसर गस्लिङले यस प्रकारको तथ्यांकको लागि सबैभन्दा भरपर्दो ट्र्याकर मानेका छन् ।

इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसनले सन् २०५० सम्म विश्वव्यापी उड्डयनलाई नेट–जीरो बनाउन प्रतिबद्धता जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal