Skip to content

समयमा आईपीओ जारी नहुँदा २७ लाख डिम्याट खाता निष्क्रिय

nabil bank

काठमाडौं । पछिल्लो समय साधारण सेयर निष्काशन नभएको लामो समय भइसक्यो । लामोसमयदेखि आईपीओ जारी नहुँदा डिम्याट खाता निष्क्रिय हुन थालेका छन् । नेपाल इन्फास्टक्चर बैंकको आईपीओ जारी गर्ने सयममा धेरै व्यक्तिहरुले डिम्याट खाता खोलेका थिए ।

त्यसपछि लगातार रुपमा आईपीओ आउँदा डिम्याट खाता सक्रिय नै रहेका थिए । तर, पछिल्लो समय आईपीओ जारी हुने नसकेपछि डिम्याट खाता निष्कृय देखिएका हुन । सीडीएस एन्ड क्लियरिङ (सीडीएससी)का अनुसार अनुसार तीन वर्ष अघि डिम्याट खाता खोल्नेको संख्या ६४ लाख पुगेको थियो । त्यो समयमा एकै पटक ४८ लाख बाट बढेर ६४ लाख पुगेको थियो । तर, अहिले आईपीओ, एफपिओ आउन छोडेपछि खाता निष्कृय हुन थालेका हुन् ।

हरेक आर्थिक वर्ष प्रतिव्यक्ति १ सय रुपैयाँ शुल्क तिरेर डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था छ । पछिल्लो एक वर्षदेखि कुनै पनि कम्पनीको आईपीओ जारी हुन सकेको छैन् । जसले गर्दा सर्वसाधारण डिम्याट खाता नवीकरणमा पनि चासो दिन छाडेका छन् ।

सीडीएस एन्ड क्लियरिङको पछिल्लो तथ्यांकअनुसार डिम्याट खाता खोल्नेको संख्या ६४ लाख ३३ हजार १ सय ९९ छ । तर, तीमध्ये सक्रिय प्रयोगकर्ता संख्या ३६ लाख ५८ हजार ४ सय ६६ मात्रै छन् । यसलाई आधार मान्दा करिब २७ लाख ७४ हजार खाता निष्क्रिय अवस्थामा रहेको देखिन्छ ।

खोलिएको खातामध्ये ४३ प्रतिशत निष्क्रिय छ । जसले डिम्याट खाता नवीकरण गरेका हुन्छ उसले मात्रै मेरो सेयर चलाउन पाउने भएकाले मेरो सेयर नचलाउनेको डिम्याट खाता निष्क्रिय रहेको मान्न सकिने सीडीएस एन्ड क्लियरिङका प्रवक्ता सुरेश न्यौपानेको भनाइ छ ।

अहिले डिम्याट खाता नवीकरण नभए पनि पछि चाहेका बेला एकैपटक नवीकरण गर्न पनि सकिने प्रवक्ता न्यौपानेको भनाइ छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi