काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई ३ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको हो ।
साथै बैठकले घोषित लाभांश स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय पनि गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् लाभांश सेयरधनीहरूमा वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस्