Skip to content

सिटिजन्स बैंकको २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी चन्द्र इन्भेष्टमेन्ट प्रा. लि. को नाममा रहेको २५ हजार कित्ता सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर हाल बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरीद गर्न पाउँछन् । सेयर खरीद गर्न इच्छुक सेयरधनीले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ । सेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम १२५ रुपैयाँ तोकिएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

साथै तोकिएको म्यादभित्र संस्थापकहरूबाट सेयर खरीदका लागि आवेदन नपरेमा सो सेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्