Skip to content
Prabhu

सगरमाथा जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

nabil

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (कात्तिक २५ गते) अन्तिम दिन हो । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक २६ गते बुक क्लोज गर्दैछ । तसर्थ आजसम्म कायम सेयरधनी मात्रै कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

कम्पनीले गत वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) लाभांश वितरण गर्ने घोषणा गरेको छ । उक्त घोषित लाभांश पारित गर्न कम्पनीले मंसिर १४ गते काठमाडौंको शंखरपार्कस्थित स्मार्ट दरबारमा बिहान ९ बजेदेखि सभा बोलाएको छ ।

सभामा लाभांशको अलावा गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पेश हुनेछन् ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal