काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडको १६ औँ वार्षिक साधारणसभा आज आयोजना हुदैछ । सभा काठमाडौंको आम्रपाली ब्याङ्क्वेटमा बिहान १० बजेदेखि शुरू भएको हो ।
सभामा हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पेश हुनेछ । यसको अलवा गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सञ्चालक समतिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू सभामा पेश गरिनेछ ।
सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ७ गते बुक क्लोज गरिसकेको छ । यसर्थ कात्तिक ६ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र पारित लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्