काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी आजाद श्रेष्ठको नाममा रहेको ३ लाख २५८ कित्ता सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयर हाल बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउँछन् । सेयर किन्न इच्छुक संस्थापकले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर संख्या र मूल्य खुलाई बैंकको सेयर विभागमा निवेदन दिनु पर्नेछ ।
साथै तोकिएको म्यादभित्र संस्थापकबाट सेयर खरीदका लागि आवेदन नपरेमा सो सेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्