Skip to content
Prabhu

प्रिओपन सेसनमा ६ अंक बढ्यो नेप्से

nabil

काठमाडौं । साताको पहिलो कारोबार दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक ६ अंक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात गत बुधबार १ दशमलव ८८ अंक घटेर २६७५ दशमलव ५१ विन्दुमा बन्द भएको नेप्से आजको प्रिओपन सेसनमा ६ दशमलव ०६ अंक बढेर २६८१ दशमलव ५८ विन्दुमा पुगेको हो ।

त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १ दशमलव ०२ अंक बढेको छ । आइतबार प्रि ओपन सेसनमा ६० स्टकको १३९ पटकको कारोबारमा ६८ लाख ३७ हजार ९५४ रुपैयाँ १० पैसाबराबरको ९ हजार ८९५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३३ स्टकको मूल्य बढेको छ भने १६ स्टकको मूल्य घटेको छ । बाँकी ११ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal