काठमाडौँ । नबिल बैंकले देशभरि रहेका २५ जिल्लामा ९२ स्थानका घरजग्गा लिलाम गर्न १५ दिने बोलपत्र आह्वान गरेको छ । बैंकले यी घरजग्गालाई गैरबैंकिङ सम्पत्तिका रूपमा वर्गीकृत गरी बिक्री प्रक्रिया अघि बढाएको हो ।
बैंकले लिलामीमा राखिएका यी सम्पत्तिहरू काठमाडौं उपत्यकाका तीनवटै जिल्ला-काठमाडौं, भक्तपुर र ललितपुर सहित तराई तथा भित्री मधेशका अन्य जिल्लाहरूमा रहेका छन् । बैंकले उक्त सम्पत्तिहरू बिक्री गरी गैरबैंकिङ सम्पत्ति घटाउनका लागि कदम चालेको हो ।
यो लिलाम प्रक्रिया १५ दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ, जसमा इच्छुक व्यक्ति वा संस्थाले बोलपत्र मार्फत सहभागिता जनाउन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्