काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालत उपस्थित गराइएको छ । कात्तिक २ गते पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेमाथि चौथोपल्ट म्याद थप गर्न लागिएको हो।
लामिछानेमाथि हालसम्म तीनपटक म्याद थप भइसकेको छ । कात्तिक २ गते समातिएका रविलाई अदालतले पहिलोपटक ६, दोस्रोपटक सात र तेस्रोपटकमा १० दिन म्याद थप गरेको छ । थप गरिएको म्याद पनि सकिएपछि आज अदालतमा उपस्थित गराइएको हो ।
उनीमाथि प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्