Skip to content
Prabhu

कोशीका पूर्वआन्तरिक मामिलामन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

nabil

विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । उनलाई प्रहरीले विराटनगरस्थित निवासबाटै पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई आजै दिउँसो १ बजे हवाईजहाजमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

कोशी प्रदेशका डीआईजी चन्द्रकुबेर खापुङले पनि अधिकारीलाई काठमाडौं पठाउन लागिएको पुष्टि गरे । कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री अधिकारीलाई मानव तस्करीको आरोप लागेको छ । मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई उनी जापान गएका थिए । उनीसँगै अन्य ३ जना व्यक्ति पनि जापान गएका थिए । तर, जापानको अध्यागमनले उनलाई विमानस्थलबाट फर्काइदिएको थियो ।

मानव तस्करको योजनाअनुसार मन्त्री जापान पुगेको भन्दै विरोध भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । उनलाई शनिबार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो ।

अधिकारीले भने आफूलाई फसाइएको दाबी गरेका छन् । उनले अनुसन्धानमा सघाउने बताएका छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal