काठमाडौं । आइतबारको सेयर कारोबार जारी रहँदा गुराँश लघुवित्तको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । लघुवित्तको सेयर मूल्य अघिल्लो कारोबार भन्दा १० प्रतिशतले बढेको हो ।
दिउसो १ बजेर १९ मिनेटको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा १९० रुपैयाँले वृद्धि भएर २ हजार ९० रुपैयाँ पुगेको छ । आजको कारोबार जारी रहँदा सुपर मादी हाइड्रोपावर, बलेफि हाइड्रोपावर र नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ ।
यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि ४५ दशमलव ७० अंकले बढेर २७२१ दशमलव २१ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबार दिन भन्दा १.७० प्रतिशतले बढी हो । यो समाचार तयारपार्दासम्म सेयर बजारमा ५ अर्ब ३६ करोड बढीको कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्