काठमाडौं । आइतबार सेयर बजारमा उच्च अंकको वृद्धि भएर बन्द भयो । अधिकांश कम्पनीको सेयर मूल्य बढ्दा ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये गुराँस लघुवित्त, सिर्जनशील लघुवित्त, सुपर मादी हाइड्रोपावर, बलेफी हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक र समृद्धि फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आजको कारोबार बन्द हुँदा गुराँस लघुवित्त, सिर्जनशील लघुवित्त र सुपर मादीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै बलेफी, नारायणी डेभलपमेन्ट बैंक र समृद्धि फाइनान्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस्