काठमाडौं । सोमबारको सेयर कारोबार खुल्न वित्तिकै गुराँस लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्यमा कारोबार खुल्न वित्तिकै सकारात्मक सर्किट लागेको हो ।
लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०९ रुपैयाँले बढेर २ हजार २९९ रुपैयाँ पुगेको छ । यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि २५ दशमलव ११ अंकले बढेर २७६३ दशमलव १८ विन्दुमा पुगेको छ ।
यो समाचार तयारपार्दासम्म बलेफि हाइड्रोपावरको सेयर मूल्यमा ९.९८ प्रतिशतको वृद्धि भएको छ । प्रतिकित्ता ३७ रुपैयाँले बढेर ४०७ रुपैयाँ ९० पैसा पुगेको छ ।






प्रतिक्रिया दिनुहोस्