काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा मदन खतिवडा नियुक्त भएका छन् । कम्पनीको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले खतिवडालाई सञ्चालकमा नियुक्त गरेको हो ।
उनलाई संस्थापक समूह अन्तर्गत रिक्त रहेको पदमा बाँकी समयका लागि सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । उनको कार्यकाल २०८२ साल कात्तिक २१ गतेसम्म रहने जनाइएको छ ।
यस अघि सञ्चालक रहेका राजु प्रसाद अधिकारीले पदबाट दिएको राजीनामा बैठकले स्वीकृत गरेको थियो । अधिकारीले व्यक्तिगत कारण देखाएर पदबाट राजीनामा दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्