Skip to content
Prabhu

भिस्ताराले सोमबार गर्यो अन्तिम उडान

एजेन्सी । नौ वर्षअघि सेवा सुरु गरेको भारतीय विमान कम्पनी भिस्ताराले सोमबार अन्तिम उडान गर्यो । सिंगापुर एयरलाइन्स र टाटा सन्सको लगानीमा सुरु भएको यो विमान कम्पनी टाटा कम्पनीले सञ्चालन गरिरहेको एयर इन्डियासँग मर्ज भइ सेवा सुरु गर्नेछ ।
global
अर्घाखाँची सिमेन्ट
मर्जपछि कम्पनीको सबै सञ्चालन र व्यवस्थापन एयर इन्डियामार्फत हुनेछ । केही महिनाअघिदेखि मर्जरको प्रक्रिया सुरु भइसकेको थियो । मर्जरपछि खाना, सेवालगायतका सबै क्षेत्रलाई अपग्रेड गरी सञ्चालन गरिने एयर इन्डियाले जनाएकोछ ।  यद्यपि लक्जरी एयरलाइन्सका रुपमा सञ्चालन भइरहेको भिस्तारको मर्जपछि सेवा तथा सुविधामा कमी आउने हो कि भन्ने आशंका चिर्दै एयर इन्डियाले यी विमान कम्पनीमा उपलब्ध सेवामा कुनै पनि परिवर्तन नगरिने स्पष्ट पारेको छ ।
भिस्तारा विमान कम्पनी उच्च स्तरीय खाना, सेवा तथा क्याबिन क्वालिटीका लागि परिचित छ । यसले गर्दा कम्पनीले विशेष ग्राहकहरु कमाएको छ । एयर इन्डियासँगको मर्र्जरको निर्णयप्रति ग्राहक तथा हवाई विज्ञहरुले भने असन्तुष्टि जनाएका छन् ।
हवाई विज्ञ मार्क मार्टिनले मर्जरको अर्थ विमान कम्पनीलाई थप बलियो बनाउनु रहेको बताए । हालै एयर इन्डिया विमानका भाँचिएका सिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
टाटा कम्पनीले एयर इन्डियाको सेवा सुविधामा सुधारका लागि ४०० मिलियन अमेरिकी डलर बराबरको लगानी गर्ने समेत योजना बनाएको जनाएको छ । यसले एयरलाइन्सलाई नयाँ ब्राण्डका रुपमा प्रबद्र्धन गर्ने उसको योजना छ । त्यति मात्रै होइन टाटाले एयरबस र बोइङ कम्पनीसँग एक अर्ब डलरभन्दा बढी मूल्य बराबरका सयौँ विमान खरिदका लागि अर्डर समेत दिइसकेको छ ।
विज्ञहरुले भने भिस्ताराका कर्मचारीहरु एयर इन्डियामा काम गर्नका लागि तयार नहुन सक्ने र सो अनुसारको वातावरणमा घुलमिल हुन नसक्ने हुन् कि भन्ने पनि चिन्ता व्यक्त गरेका छन् ।  साथै भिस्तारका ग्राहकहरुले पनि एयर इन्डियामार्फत हवाई  उडानका लागि सहजै तयार नुहने हुन् कि भन्ने पनि  चिन्ता व्यक्त गरिएको छ ।
मर्जरपछि नयाँ कम्पनीमा ३०० वटा विमान हुनेछन् । यसले कम्पनीलाई नेटवर्क र सेवा विस्तारमा सहयोग पुग्ने जनाइएको छ ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal